कैलालीमा ९ किलाे चरेससहित ३ जना पक्राउ

 फागुन १०, २०७९ बुधबार १७:२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कैलाली – कैलालीमा नाै किलो चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका १४ एचगाँउ स्याउले घाटमा सीमा इलाकाबाट सशस्त्र प्रहरीले नाै किलो चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी फुलबारीले रोल्पाको थवाङ गाउँपालिका–५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङको लालमोटिया गाउँपालिका–१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुनलाई पक्राउ गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूको साथमा चरेस फेला परेको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया