आईएमई पेबाट आईएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ ह...
जेठ २४, २०८० बुधबार
दाङ – नेपाल एअरलाइन्सले दाङ–काठमाण्डौको भाडादर घटाएको छ। शनिबारदेखि लागू हुने गरि नेपाल एअरलाइन्सले दाङ-काठमाण्डौ हवाई भाडा ६ हजार ३ सय कायम गरिएको नेपाल एअरलाइन्सका दाङ स्टेशन प्रमुख महेन्द्रकुमार शर्माले जानकारी दिनुभएको छ ।
यसअघि दाङ–काठमाण्डौ भाडा ८ हजार ८ सय रुपैयाँ रहेको थियो । त्यसैगरी काठमाण्डौ–दाङकाे पहिलेको भाडाद ९ हजार १० रुपैयाँ थियो ।
नेपाल एअरलाइन्सले अहिले दाङमा हप्ताको ४ दिन उडान भर्दै आएको छ । सीता एअरले पनि उडान भरिरहेको छ । सिता एअरले भाडा घटाएको दुई हप्तामा नेपाल एअरलाइन्सले पनि भाडा घटाएको हो ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।