चीनमा बितेका तीन वर्षमा वन्यजन्तुसम्बन्धी अपराधमा नब्बे हजार जना पक्राउ

 फागुन १३, २०७९ शनिबार १८:१८:२६ | एजेन्सी
unn.prixa.net

चीनमा बितेका तीन वर्षमा वन्यजन्तुसम्बन्धी अपराधमा नब्बे हजार जना पक्राउ परेका छन् । चिनियाँ प्रहरीले वन्यजन्तु अपराधमा संलग्न भएको अभियोगमा ९० हजार जनालाई पक्राउ गरेको जनाएको छ ।

सन् २०२० देखि २०२२ सम्म वन्यजन्तुसँग सम्बन्धित ७० हजारभन्दा बढी आपराधिक मुद्दाको अनुसन्धान गरेको र ९० हजार जनालाई पक्राउ गरिएको चिनियाँ सुरक्षा मन्त्रालय अन्तर्गतको खाद्य तथा लागूऔषध अपराध अनुसन्धान विभागका प्रमुख ल्यु वुकिनलाई उदृत गरी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बितेका तीन वर्षमा १३ लाख सात हजार वन्यजन्तु तथा एक लाख ८० हजार किलोग्राम वन्यजन्तुजन्य वस्तु समेत बरामद भएको विवरण सार्वजनिक गरिएको छ । चीनमा दुई वर्ष अघि वन्यजन्तुसम्बन्धी अपराध न्युनीकरण गर्न देशव्यापी अभियान थालिएको थियो ।

अभियानअन्तर्गत राष्ट्रिय निकुञ्ज, चिडियाखाना, सर्कस, पशुपालन र प्रचार क्षेत्रलाई लक्षित गरी अनुसन्धान गरिएको तथा त्यस क्रममा गैरकानुनीरूपमा पालिएका एक लाख २० हजारभन्दा बढी वन्यजन्तुलाई मुक्त गरिएको विवरणमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया