मकवानपुरमा भएकाे छट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयाे, एक जना घाइते

 फागुन १३, २०७९ शनिबार २०:५:४४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरमा भएको दुई वटा छट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ  । एक जना गम्भीर घाइते भएका छन् ।

इन्द्रसरोवर गाउँपालिका–२ हेभिमा हेटौँडाबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ९० प २६०० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक भारतीय नागरिक ३५ वर्षीय विकास जैसवालको ज्यान गएको  प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडि बस्ने भरतीय नागरिक १८ वर्षीय गौतम कुमार घाइते भएका छन् । त्यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ मा बा ७३ प ९० ६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दाङ घर भएकी २३ वर्षीया आसिका चौधरीको ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया