३ सय ४५ किलाे गाँजासहित मकवानपुरबाट २ जना पक्राउ

 फागुन १४, २०७९ आइतबार १९:५९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – मकवानपुरको राक्सिराङबाट ३ सय ४५ किलाे गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राक्सिराङ गाउँपालिका–८ गोठडाँडाका स्थानीय प्रेम घलान र ठाकुराम मोक्तानको घरबाट ३ सय ४५ किलो ४ सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाँजासहित घलान र मोक्तानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक केशरकुमार न्यौपानेको कमान्डमा र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक कृष्णराज ढकालको कमान्डमा खटिएकाे संयुक्त टोलीले पक्राउ गरेकाे थियाे ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया