किशाेरीलाई दुर्व्यवहार गरेकाे आराेपमा चिनियाँ नागरिक पक्राउ

 फागुन १४, २०७९ आइतबार २०:२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो । 

कानुनी कारबाहीका लागि ब्युरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले उनीमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । प्रहरीले ती किशोरीको उद्धार गरेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया