पहाडी क्षेत्रमा आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

 फागुन २५, २०७९ बिहिबार ७:५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ।

हिजो काठमाण्डौसहित केही पहाडी क्षेत्रमा हल्का पानी परेको थियो । हिजो देशका धेरै ठाउँको मौसम बदली भएको थियो । हिजो भन्दा आज मौसम खुल्ने अनुमान गरिएको छ ।

मौसमविद् मञ्जु बासीका अनुसार काठमाण्डौ उपत्यकासहित केही ठाउँमा आज घाम लाग्ने सम्भावना छ । तर, सुदूरपश्चिमसहित केही पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बदली भइ एक/दुई ठाउँमा हल्का पानी पर्नेछ ।

यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा आज पनि हल्का हिमपातको अनुमान छ । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव परेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया