जुम्लामा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

 फागुन २८, २०७९ आइतबार ९:१४:१२ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाको तिला गाउँपालिका नुवाकोट गाउँमा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ ।

तिला–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले २३ वर्षीया श्रीमती ममता नेपालीलाई कुटपिट गरेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार कुटपिटबाट घाइते भएकी ममताको समयमै उपचार नहुँदा ज्यान गएको हो । श्रीमतीलाई कुटपिट गर्ने आइतेलाई प्रहरीले  पक्राउ गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया