भारतीय ‘नाटु नाटु’ गीतलाई ओस्कर अवार्डमा ‘ओरिजिनल सङ’को उपाधि

 फागुन २९, २०७९ सोमबार १०:५४:३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – तेलुगु फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटु नाटु’ ले ९५ औँ संस्करणको ओस्कर अवार्डमा ‘ओरिजिनल सङ’को उपाधि जितेको छ ।

यसअघि ‘नाटु–नाटु’ गीतले गोल्डेन ग्लोबको ८० औँ संस्करणमा बेस्ट ओरिजिनलनसङको अवार्ड जितेको थियो ।

जुनियर एनटीआर र रामचरण अभिनय रहेको चलचित्रको यो गीत विश्वभर मन पराइएको थियो ।

चन्द्रबोशको शब्द रहेको तेलुगु भाषाको यस गीतको कम्पोज भने एमएम कीरवणीले गरेका हुन् ।

राहुल सिपलीगन्ज र काल भैरवले गीतमा स्वर दिएका छन् । ‘आरआरआर’ फिल्म एस एस राजामौलीले निर्देशन गरेका हुन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया