ए डिभिजन लिगमा खुमलटार र थ्री स्टार विजयी

 फागुन २९, २०७९ सोमबार २०:०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज साेमवार भएका खेलमा एफसी खुमलटार र थ्री स्टार क्लब विजयी भएका छन् ।

च्यासल मैदानमा भएको खेलमा खुमलटारले हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले हरायो । खुमलटारका लागि स्टेफन समिर र मनिष थापाले गोल गरे । हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले गाेल गरे । 

अङ्क तालिकामा खुमलटार ४ खेलमा ६ अङ्कसहित पाँचाैँ स्थानमा छ । उति नै खेल खेलेकाे हिमालयन शेर्पाको ४ अङ्क छ ।  

यस्तै अर्को खेलमा थ्री स्टार क्लबले सातदोबाटो युथ क्लबलाई १–० गोलले हरायो । थ्री स्टारका आदित्य शाक्यले गोल गरे ।  सातदोबाटो ४ खेलमा ९ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ  । थ्री स्टारले ४ खेलमा ७ अङ्कसहित चाैथाे स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया