पुलिस क्लब लगातार चाैथाे खेलमा पराजित

 फागुन ३०, २०७९ मंगलबार १९:५२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब लगातार चौथो खेलमा पनि पराजित भएको छ ।

आज मङ्गलवार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले पुलिस क्लबलाई २–१ गोल अन्तरले हरायो । मच्छिन्द्रका ओलावालेले दुई गोल गरे । पुलिसका लागि अञ्जन राईले गोल गरेर अग्रता दिलाए पनि अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

चार खेलमा पुलिस अङ्कविहीन हुँदै तालिकाकाे पुछारमा छ भने ४ अङ्क भएको मच्छिन्द्र ११ औँ स्थानमा छ ।

यसअघि आजै भएकाे खेलमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई हराउँदा सङ्कटा क्लब र चर्च ब्वाइज युनाइटेडले बराबरी खेलेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया