पोखरामा नगरबसले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे

 चैत ३, २०७९ शुक्रबार १०:१०:४९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखराको चिप्लेढुङ्गामा शुक्रवार आज बिहान नगरबसले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको ज्यान गएकाे छ । 

चिप्लेढुङ्गामा ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक झापा दमक नगरपालिका-४ घर भइ पोखरा ५ बस्ने २४ वर्षीया दीक्षा कार्कीको ज्यान गएकाे हाे । 

कार्कीको घटनास्थलमै ज्यान गएकाे कास्की प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया