च्याम्पियन्स लिग क्वाटरफाइनल 'ड्र' : चेल्सीले रियल मड्रिडसँग खेल्ने

 चैत ३, २०७९ शुक्रबार १७:३२:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : च्याम्पियन्स लिग

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग क्वाटरफाइनलकाे 'ड्र' सार्वजनिक भएकाे छ । आज शुक्रवार सार्वजनिक 'ड्र' अनुसार इङ्लिस क्लब चेल्सीले स्पेनी क्लब रियल मड्रिडसँग खेल्ने भएकाे छ ।

यस्तै म्यानचेस्टर सिटीले बार्यन म्युनिखसँग, इन्टर मिलानले र बेनिफिकासँग र एसी मिलानले नेपाेलीसँग खेल्ने भएकाे छ । 

क्वाटरफाइनल हाेम एन्ड अवेकाे आधारमा दुई लेगमा हुनेछ । पहिलाे लिग अप्रिल ११ र १२ तथा दाेस्राे लेग अप्रिल १८ र १९ तारिखमा हुनेछ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया