प्राकृतिक सम्पदा, रैथाने स्वाद र संस्कृतिसहितको अबको पर्यटन हुनुपर्छ : मन्त्री किराती

 चैत ४, २०७९ शनिबार १६:५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले प्राकृतिक सम्पदा, रैथाने स्वाद र संस्कृतिसहितको अबको पर्यटन हुनुपर्ने बताउनुभएकाे छ । 

शनिबार काठमाण्डौमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भए पनि त्यसको परिचालन गर्ने नीतिहरुकै अभाव देखिएको पनि बताउनु भयो । उहाँले अबको नेपालको पर्यटन नेपालीपनको हुने घोषणा समेत गर्नुभयो ।

यस्तै उहाँले देशको पर्यटन व्यवसायलाई अघि बढाउनका लागि त्याेसम्बन्धि अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि जोड दिनुभयो ।

‘चाइनिज कल्चर सेन्टर छ नेपालमा । स्पेनिस कल्चर सेन्टर छ नेपालमा । रसियन कल्चर सेन्टर, इन्डियन कल्चर सेन्टर छ  नेपालमा । तर नेपालको त केही पनि छैन । ऊसको चाँही यहाँ पनि छ । हाम्रो चाँही केही पनि छैन । संस्कृतिलाई रिसर्च गर्ने सेन्टहरु खैं ? हामी लोप नभएर को लोप हुन्छ अब', मन्त्री किरातीले भन्नुभयो, 'भनेपछि हामीले अनुसन्धानको क्षेत्रमा कति पनि काम गरेका छैनौं । अहिले म भन्दैछु–अबको पर्यटन भनेको चाँही प्रकृतिको सम्पदा र मानवको सम्पदालाई मिश्रण गरेर बनेको नेपालीपनको पर्यटन हुन्छ ।  रैथाने स्वाद र संस्कृतिसहितको अबको पर्यटन हुनुपर्छ ।’

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया