दोधारा चाँदनीमा सुक्खा बन्दरगाह : दुई देशको सहमतिले स्थानीय ...
जेठ २०, २०८० शनिबार
काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ०४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत बैंकका ग्राहकहरूले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैँया खर्च गरेर सामसुङ ग्यालेक्सी एम ०४ मोबाइल फोन जित्न सक्नेछन् । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना चैत ५ देखि ११ गतेसम्म ७ दिनका लागि मान्य रहनेछ ।
यस योजनाको अन्त्यमा बैंकको डेबिट/क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ । छनोट भएका एक भाग्यशाली विजेताले १ रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ०४ मोबाइल फोन पाउनेछन् ।
बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानी (ई–कमर्स) लाई प्रवर्धन गर्नु हो । बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरू ल्याएर प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आईएमई बैंक देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशको लगभग सबै वित्तीय सूचकाङ्कहरूमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्शन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।
purna prasad Adhikari
March 19, 2023, 7:41 p.m.यो योजना को लागि बिशेष धन्यवाद
Pratap khatiwoda
March 19, 2023, 5:28 p.m.It quite nice because not everyone can afford a good phone 📞
kunwar Rabindra
March 19, 2023, 5:22 p.m.I need phone