बङ्गलादेशमा बस दुर्घटना हुँदा १९ जनाको ज्यान गयो

 चैत ५, २०७९ आइतबार १९:१:४५ | एजेन्सी
unn.prixa.net

तस्बिर : अलजजिरा

बङ्गलादेशकाे दक्षिणी जिल्ला शिवचरमा बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । आज बिहान भएकाे दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् ।

केही समयअघि मात्रै निर्माण गरिएको द्रुत मार्गमा यात्रुवाहक बस दुर्घटनामा परेकाे बीबीसी हिन्दीले जनाएकाे छ । तीव्र गतिमा रहेको बस सडकको रेलिङमा ठोकिएर खाडलमा खसेको बङ्गलादेशको प्रहरीले जनाएको छ ।

पुराना तथा नियमित मर्मत नगरिएका गाडी तथा खराब सडकका कारण बङ्गलादेशमा सडक दुर्घटना भइरहन्छन् । गएको वर्ष बङ्गलादेशमा सडक दुर्घटनामा परि नौ हजार नौ सय ५१ जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया