दाङमा ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे

 चैत ५, २०७९ आइतबार २०:१६:३२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा आइतवार बेलुकी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

ज्यान गुमाउनेमा मोटरसाइकल चालक प्युठानकाे नौबहीनी गाउँपालिका–६ का ३२ वर्षीय राजन केसी रहेका दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिनुभयो । दुर्घटनामा उहाँकी श्रीमती सन्ध्या र दुई वर्षीया छाेरी राष्ट्रियता गम्भीर रहेका प्रहरी प्रमुख वलीले जानकारी दिनुभएकाे छ । 

दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकाेमा राजनकाे केहीबेरअघि ज्यान गएको प्रहरीले जनाएको छ ।

घोराहीदेखि लमही जाँदै गरेको प्रदेश ०३–००१ क ०१६९ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१६ प ३६५७ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा ठक्कर दिँदा दुर्घटना भएको हो । ट्रक चालकलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया