जुम्ला बहुमुखी क्याम्पसकाे सभापतिमा नेविसङ्घका हमाल विजयी

 चैत ६, २०७९ सोमबार ८:४२:३४ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्ला बहुमुखी क्याम्पसकाे सभापतिमा नेपाल विद्यार्थी सङ्घका महेश हमाल विजयी हुनुभएकाे छ । 

जुम्ला बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिका अनुसार हमाल १ सय ४२ मत ल्याएर विजयी हुनुभएकाे हाे । हमालसँग पराजित अखिल क्रान्तिकारीका विष्णु भण्डारीले १३९ मत ल्याउनु भएकाे छ ।

यस्तै, सचिवमा अखिल कान्तिकारीका जयकृष्ण जैसी १४० मत ल्याएर विजय हुनुभएकाे छ भने कोषाध्यक्षमा एकीकृत अनेरास्ववियूका मेघराज देवकोटा १ सय ५३ मत ल्याएर विजयी हुनुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया