स्याङ्जाका पाँच क्याम्पसमा नेविसङ्घ र दुई वटामा अनेरास्ववियु विजयी

 चैत ६, २०७९ सोमबार १३:३५:२२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जाका पाँच वटा क्याम्पसमा नेविसङ्घ र दुई वटा क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार सभापतिमा विजयी भएका छन् । एउटा क्याम्पसमा विवादका कारण मतदान भएकाे छैन । 

स्याङ्जाकाे वालिङ बहुमुखी क्याम्पस, गल्याङ बहुमुखी क्याम्पस, त्रिभुवन आदर्श बहुमुखी क्याम्पस, मालुङ्गा बहुमखी क्याम्पस र राधादामोदर संस्कृत विद्यापीठमा नेविसङ्घ विजयी भएकाे हाे । यस्तै, फेदीखोलाको सिद्धार्थ बहुमुखी क्याम्पस र कालीगण्डकीको मिर्मी बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी भएकाे छ । 

आठ क्याम्पसहरुमध्ये चार क्याम्पसमा सहमति र निर्विरोध नेतृत्व चयन गरिएको हो भने तीन क्याम्पसमा चुनावी प्रक्रियामार्फत् नेतृत्व चयन गरिएको हो । चापाकोट बहुमुखी क्याम्पसमा भने विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद भएपछि मतदान स्थगित भएको हाे । 

वालिङ क्याम्पसकाे सभापतिमा नेविसङ्घका सन्दीप कँडेल (क्यान्डी), गल्याङ बहुमुखी क्याम्पसमा नेविसङ्घका विशाल थापा, चापाकोटको राधादामोदर विद्यापीठमा नेविसङ्घकै अनुप पोख्रेल, मालुङ्गा बहुमुखी क्याम्पसमा नेविसङ्घका सञ्जीवनी न्यौपाने विजयी भएका छन् । यस्तै, त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेविसङ्घका सविन रेग्मी सभापतिमा सहमतिका आधारमा निर्वाचित हुनुभएको छ । 

यस्तै, फेदीखोलाका सिद्धार्थ बहुमुखी क्याम्पसकाे सभापतिमा अनेरास्ववियुका सञ्जाेग थापा निर्वाचित हुनुभएको छ भने मिर्मी बहुमुखी क्याम्पसमा अनेरास्ववियुका मूना न्यौपाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया