तलब खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी

 चैत ६, २०७९ सोमबार १३:१०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

सुनसरी – अर्थविद् डाक्टर गोविन्दराज पोखरेलले देशको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्नुभएको छ । 

आज साेमवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अर्थविद् डा. पोखरेलले देशको पछिल्लो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले विकास खर्चलाई र देशमा तलब खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिनुभयो । दल र नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा देशको अर्थतन्त्र बिग्रँदै गएको उहाँको बुझाइ छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहनुभएका अर्थविद् डा. पोखरेलले देशको आर्थिक अवस्था खस्किनुको मूल कारण देशको राजनीतिक अस्थिरता रहेको बताउनुभयो । नेताहरूमा गम्भीरता नै नरहेको र सरकार तथा मन्त्रीहरूमा जिम्मेवारी लिने र संरचना सुधारमा लाग्ने भोक नरहेको उहाँले दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले विकास खर्च कम, चालु खर्च बढाउन थाल्याैँ । हुँदाहुँदा अहिले हामी ठूलो अन्तरमा आइसक्यौँ । हामी यस्तो ट्रेनमा गइसक्यौँ, विकास खर्चलाई त पूरै ऋण लिनुपर्ने अवस्था छ । चालु खर्च तलब, भत्ता, पेन्सनहरू दिनलाई पनि ऋण लिनुपर्ने अवस्थामा हामी पुगेका छौँ । हिजो बेलुकीसम्मको देशको आर्थिक तथ्याङ्क हेर्दा याे आर्थिक वर्षमा झन्डै दुई अर्ब रुपैयाँ घाटामा गइसक्यो । अब कति ऋण लिएर चलाउने हो ?’

अर्थविद् पोखरेलले अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थायित्वसँगै नियम, कानुन फेरबदलको खाँचो रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया