नयाँ गाडी चलाउन दिँदा प्रधानमन्त्री पुरानाेमै फर्किनुभयाे : राजेन्द्र लिङ्देन

 चैत ६, २०७९ सोमबार १५:४९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यङ्ग्य गर्दै पुरानो गाडी चलाउन ड्राइभर फर्किएपछि आफूले सत्ताबाट बाहिरिनुपरेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले नयाँ गाडी दिँदादिँदै पनि ड्राइभर पुरानो गाडीमा फर्किएपछि आफू बाध्य भएर सरकारबाट छुट्नुपरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले धोका दिएपछि आफू सरकारबाट बाहिरिएको र यसमा इतिहासले मूल्याङ्कन गर्ने बताउनुभयो । हाइड्रोजन गाडी दिँदादिँदै प्रधानमन्त्री थोत्राे गाडीमा फर्किएको उहाँको तर्क थियो । 

अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘हामीले त लाइसेन्स प्राप्त ड्राइभरलाई गाडी चलाउन दिएका थियौँ । तर उहाँ स्टार्ट गर्न नपाउँदै पुरानै गाडी चलाउँछु भनेर झर्नुभयो । त्यसपछि हामी सरकारमा बसिरहन सकेनौँ । समर्थन फिर्ता लियौँ । तर उहाँले धोका दिनुभयो । यो देशमा नैतिकता पनि हुन्छ भनेर हामीले देखायौँ । प्रधानमन्त्री दिइरहेको गाडी छोडेर भाग्नुभयो ।’

अध्यक्ष लिङ्देनले राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया