अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु : प्रधानमन्त्री प्रचण्ड

 चैत ६, २०७९ सोमबार १८:५२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभामा विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीमाझ दुई/चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताउनुभएको हो । उहाँले सरकारलाई पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरूसँग भोलि (मङ्गलवार) बिहानदेखि छलफल सुरु गर्ने पनि जानकारी दिनुभयाे । 

आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आरामले सरकारले काम गर्ने प्रधानमन्त्रीले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानदेखि सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ, सबैसँग बसेर २/४ दिनभित्रमै सबै टुङ्ग्याउने अनि काम गर्ने विचार छ ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया