कैलालीको भजनीमा ट्र्याक्टर दुर्घटना : दुई जनाको ज्यान गयो, २८ जना घाइते

 चैत ७, २०७९ मंगलबार ७:४३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कैलालीको भजनीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् ।

दुर्घटनामा भजनी–९ की १४ वर्षीया चाहना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी कूलदीप चन्दले जानकारी दिनुभयो ।

घाइतेहरुको घोडाघोडी अस्पताल र बर्दगोरियामा उपचार भइरहेको छ । गएराति बर्दगोरिया गाउँपालिका–६ सुगरखालमा पास्नी भोज खाएर फर्किने क्रममा से १ त ८८७० नम्बरको ट्र्याक्टर भजनी नगरपालिका–२ मा ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया