पाथीभरा दर्शन गर्न आएकी एक महिलाको ज्यान गयाे

 चैत ७, २०७९ मंगलबार १०:५६:५२ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरा दर्शन गर्न आएकी एक महिलाको ज्यान गएकाे छ । 

पाथीभरा मन्दिरको दर्शन गरी सोमवार बेलुका माथिल्लो फेदीमा बास बसेकी बिर्तामोड नगरपालिका-२ चारपाने झापा बस्ने ४७ वर्षीया शिवमाया गौतमको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले बताउनुभयो । 

कार्कीका अनुसार सोमवार हिजाे पाथीभराको दर्शन गरी  पुनः माथिल्लो फेदीमा आएर गौतमसहित उहाँका आफन्त बास बसेका थिए । शाैचालयमा नै लडेको अवस्थामा भेटिनुभएकी गाैतमलाई  स्वास्थ्यकर्मीले मृत घाेषित गरेका हुन् ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया