मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरु छलफलमा, भागबन्डा मिलाउन सकस

 चैत ७, २०७९ मंगलबार १२:२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । विश्वासको मत दिएका सबैलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्री प्रचण्डको तयारी छ। तर, भागबण्डा पेचिलो बनेको छ ।

सत्ता गठबन्धनमा आबद्ध केही दलले सिट सङ्ख्याको अनुपातभन्दा धेरै दाबी गरेकाले भागबन्डामा सकस भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गर्नु भएको छ ।

हिजो प्रधानमन्त्री प्रचण्डलाई माओवादीसँगै कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिएका थिए । चित्तबुझ्दो मन्त्रालय पाए सबै पार्टी सरकारमा जाने तयारीमा छन् । तर,  सबैलाई चित्त बुझाएर मन्त्रिमण्डलमा समेट्न प्रधानमन्त्री प्रचण्डलाई चुनौती छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया