थ्री नेसन्स कप खेल्ने नेपाली टाेलीकाे घाेषणा

 चैत ७, २०७९ मंगलबार १३:३४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप थ्री नेसन्स कप खेल्ने नेपाली टाेलीकाे घाेषणा भएकाे छ । नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले थ्री नेसन्स कप फुटबल प्रतियाेगिताका आज मङ्गलवार २३ सदस्यीय टाेली घाेषणा गरेका हुन् ।

नेपाल, भुटान र लाओस सम्मिलित थ्री नेसन्स कप भाेलि बुधवारदेखि त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा सुरु हुँदैछ ।

नेपालले बुधवार लाओससँग खेल्दै प्रतियाेगिता सुरु हुनेछ । यस्तै चैत ११ गते भुटान र लाओस खेल्नेछन् भने त्यस्तै चैत १४ गते नेपाल र भुटानबीच लिगको अन्तिम खेल हुनेछ । लिगका खेल बेलुकी ६ बजे सुरु हुनेछ । फाइनल खेल चैत १७ गते बेलुकी साढे ५ बजे सुरु हुनेछ । फिफा विन्डो अन्तर्गत आयोजना हुने लागेको प्रतियोगिता सिङ्गल राउन्ड रोबिनको आधारमा हुनेछ । जसअन्तर्गत शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले ५ हजार डलर पुरस्कार पाउनेछ ।

प्रतियोगितामा एन्फाले साधारण र भीआईपी प्यारापिटतर्फ दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ पाँच सय र भीभीआईपीतर्फ एक हजार रुपैयाँ टिकट दर राखिएको एन्फाले जनाएको छ । 

यस्ताे छ नेपाली टाेली–

गाेलकीपर : किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल 

डिफेन्डर : सनिश श्रेष्ठ, विकाश खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चाैधरी, निशान्त खड्का

मिडफिल्डर : पुजन उपरकाेटी, एरिक विष्ट, नवीन लामा, राेहित चन्द, कमल थापा, मनीकुमार लामा, भरत खवास

फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अञ्जन विष्ट, आशिष चाैधरी, सुमित श्रेष्ठ, मनिष डाँगी

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया