दाङमा जङ्गली जनावरकाे २० किलाे सुकुटीसहित १ जना पक्राउ

 चैत ७, २०७९ मंगलबार १८:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङको देउखुरीबाट जङ्गली जनावरको २० किलो सुकुटीसहित आज मङ्गलवार एक जना पक्राउ परेका छन् ।

राजपुर गाउँपालिका–७ का ४९ वर्षीय कमानसिंह विक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका विकलाई जङ्गली जनावरको २० किलो सुकुटीसहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया