बिक्री नभएपछि बन्दागाेभीको बारीमा गोरु र बाख्रा !
जेठ २३, २०८० मंगलबार
रुकुम पश्चिम – रुकुम पश्चिममा चैत १ गतेदेखि हराइरहेका एक जना पुरुषको शव फेला परेको छ ।
मुसीकोट नगरपालिका वडा नम्बर ३ का ६० वर्षका लोकबहादुर केसीको शव फेला परेको हो । छेडादेखि माछिमी जाने भित्री सडक खण्डको गड्याङ भन्ने ठाउँमा केसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईले केसीकाे शव सडकदेखि तल माटोमा फेला परेकाे बताउनुभयाे । शव माटो र ढुङ्गाले पुरिएको अवस्थामा भेटिएकाले हत्या गरिएको हुनसक्ने केसीका परिवारजनको भनाइ छ ।
बोल्न नसक्ने केसी घाँस काट्न भनी चैत १ गते बिहान ८ बजे घरबाट निस्कनुभएको थियो । उहाँ घर नआएकाे भनी प्रहरीमा निवेदन पेस भएपछि खाेजी भएकाे थियाे । डीएसपी भट्टराईको नेतृत्वमा रहेको प्रहरी टोलीले खाेजी गर्दा केसीकाे शव आज मङ्गलबार फेला परेको हो । घटनाको अनुसन्धान भइरहेको भट्टराईले बताउनुभयो ।