राहुल गान्धीलाई मानहानी मुद्दामा २ वर्षकाे जेल सजाय

 चैत ९, २०७९ बिहिबार १३:२५:१५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतको गुजरात प्रदेशको सूरतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई आपराधिक मानहानीसँग जोडिएको एक मुद्दामा दोषी ठहर गर्दै दुई वर्षकाे जेल सजायकाे फैसला गरेको छ । 

सन् २०१९ को यो विषय ‘मोदी सरनेम’ लाई लिएर कांग्रेस नेता गान्धीको एक टिप्पणीसँग जोडिएको थियो । राहुल गान्धीले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै चोरको थर मोदी हुन्छ ?’ भन्ने अभिव्यक्ति दिनुभएकाे थियाे । यही अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टी (बीजेपी) विधायक एवम् गुजरातका पूर्वमन्त्री पुर्णेश मोदीले गान्धीविरुद्ध उजुरी दिनुभएकाे थियाे ।

अदालतले कांग्रेस नेता गान्धीलाई आफ्नाे फैसलाकाे विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिँदै तत्कालका लागि धरौटीमा छोडेको छ । गान्धी मुद्दाको सुनुवाइको बेला बिहीवार सूरत जिल्ला अदालतमा उपस्थित हुनुहुन्थ्याे

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया