पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डाै – मनाङ मर्स्याङ्दी क्लब २२ औँ संस्करणकाे तिलोत्तमा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ ।
बुटवलको देवीनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा भएको दोस्रो सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टीमा ४–३ गोलले हराउँदै मनाङ उपाधि नजिकै पुगेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो ।
मनाङले अब उपाधिका लागि पर्सि शनिवार सुदूरपश्चिम–११ सँग खेल्ने छ । हिजो बुधवार थ्री स्टार क्लबलाई १–० गाेलले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।
तिलाेत्तमा गाेल्ड कपकाे उपाधि विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद प्राप्त गर्नेछन् ।