रुकुम पश्चिममा विद्यालयबाट फर्किँदै गर्दा ढुङ्गाले लागेर बालकको ज्यान गयो

 चैत १०, २०७९ शुक्रबार ९:३४:१८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिममा विद्यालयबाट फर्किँदै गर्दा ढुङ्गाले लागेर एक जना बालकको ज्यान गएको छ । आठबिसकोट नगरपालिका वडा नम्बर ११ गोइरीका महेन्द्र परियारका ९ वर्षीय छोरा दीप रोशन परियारको बिहीवार हिजाे बेलुका ढुङ्गाले लागेर ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईका अनुसार परियारलाई विद्यालयबाट फर्कने बेला गोइरी भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले टाउकोमा लागेको थियो । करिब ६०/७० मिटर माथिबाट आएको ढुङ्गा टाउकोमा लाग्दा उनको घटनास्थलमै ज्यान गएकाे डीएसपी भट्टराईले जानकारी दिनुभयो । 

परियार स्थानीय बाल कल्याण माध्यमिक विद्यालयमा कक्षा दुईमा अध्ययनरत थिए । ढुङ्गा के, कसरी खस्यो भन्ने कुरा नखुलेको र अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया