३४ प्रतिशतभन्दा धेरै घरमा रेडियो, ७३ प्रतिशतले चलाउँछन् स्मार्ट फोन

 चैत १०, २०७९ शुक्रबार १२:३७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा ३४ प्रतिशतभन्दा धेरै परिवारले रेडियो सेट प्रयोग गर्ने गरेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार ३४ दशमलव २ प्रतिशत अर्थात् २२ लाख ८० हजार १२३ घरपरिवारमा रेडियोको सुविधा छ । 

यस्तै, ४९ दशमलव ४ घरपरिवारमा टेलिभिजन र १५ प्रतिशत घरपरिवारमा कम्प्युटर छ । ३७ दशमलव ८ प्रतिशत परिवारमा इन्टरनेटको पहुँच पुगेको छ ।

यस्तै, ७३ प्रतिशत परिवारमा स्मार्ट मोबाइल फोनको सुविधा छ । साधारण मोबाइल फोनमा ७३ दशमलव २ प्रतिशतको पहुँच छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया