नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

 चैत १०, २०७९ शुक्रबार १३:५५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालीहरूको पहिलो विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको हो । 

विभागको तथ्याङ्कअनुसार शून्य तीन प्रतिशत नेपालीको विवाह १० वर्षभन्दा पनि कम समयमा हुने गरेको छ । यस्तै सात प्रतिशतले १० देखि १४ वर्षको उमेरमा, २२ दशमलव तीन प्रतिशतले १५ देखि १७ वर्षको उमेर र ३४ दशमलव चार प्रतिशतले १८ देखि २० वर्षको उमेरमा विवाह गर्ने पाइएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया