लुम्बिनीमा माओवादी केन्द्रका मन्त्रीहरूको राजीनामा

 चैत १२, २०७९ आइतबार १३:४९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका तीन जना र जनमत पार्टीका एक जना मन्त्रीले राजीनामा दिएका छन् । एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन र जनमत पार्टीका जना मन्त्रीले आज आइतवार राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री लीला गिरी रुपन्देहीमा भएकाले मन्त्रीहरूले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका छन् । लुम्बिनीमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी मन्त्री हुनुहुन्थ्यो । यस्तै जनमत पार्टीका सीके गुप्ता मन्त्री हुनुहुन्थ्यो ।

माओवादी र जनमत पार्टीले समर्थन फिर्ता लिएसँगै लीला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

८७ सदस्यीय प्रदेश सभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४/४, जसपा, लोसपा र जनमत पार्टीका ३/३, स्वतन्त्र २ तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ जना प्रदेश सभा सदस्य रहेका छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया