पदम लिम्बुकाे परिवारलाई काेशी प्रदेश सरकारले ३ लाख रुपैयाँ दिने

 चैत १३, २०७९ सोमबार १४:२०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ राहत दिने भएको छ ।

आज साेमवार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई तत्काल राहतस्वरूप तीन लाख रुपैयाँ दिने निर्णय गरेको हो । बैठकले लिम्बुको मृत्युप्रति दुःख व्यक्त गर्दै मृतकलाई श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले घटनाको छानबिनका लागि सङ्घीय सरकारले गठन गरेको समितिलाई सहयोग गर्ने पनि निर्णय गरेको छ ।

कोशी प्रदेश नामकरणको विरोधमा गएको चैत ५ गते विराटनगरमा भएको प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा चैत १० गते ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया