महानगरले खुलामञ्च प्रवेश गर्न दिएन, मिटरब्याज पीडित गेटमै नाराबाजी गर्दै

 चैत १३, २०७९ सोमबार १७:५८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले विरोध प्रदर्शनका लागि काठमाण्डौ आएका मिटरब्याजबाट पीडित आन्दोलनकारीहरूलाई खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्च अगाडि प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्चको गेटमै नाराबाजी गरिरहेका हुन् । प्रदर्शनमा सहभागी धेरैजसो पीडितहरू महोत्तरीको बर्दिवासबाट ११ दिनको पैदलयात्रा तय गरेर हिजो आइतवार काठमाण्डाै उपत्यका प्रवेश गरेका थिए । यसअघिका आन्दोलनमा सरकारले आफूसँग गरेका सम्झौता पालना नगरेको भन्दै प्रधानमन्त्रीसमक्ष आफ्ना माग फेरि सुनाउन भन्दै उनीहरू बर्दिवासदेखि पैदलै काठमाण्डाै आएका हुन् ।

यसैबीच काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पीडितहरूलाई पशुपति धर्मशालामा बस्ने र खाने व्यवस्था मिलाएको भए पनि उनीहरू अटेरी गरेर खुलामञ्चमा प्रवेश गर्न लागेको बताउनुभएको छ । फेसबकुमा स्टाटस लेख्दै बालेन्द्र शाहले महानगरपालिका पीडितहरूको पक्षमा रहेको भन्दै माग सुनाउन पीडितहरू काठमाण्डौ आउने अवस्था रोक्न सङ्घीय सरकारले काम गर्नुपर्ने बताउनुभएको छ । 

तस्बिर : सबिन धमलाकाे फेसबुकबाट

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया