प्रचण्डविरुद्ध नाराबाजी गरेकाे आराेपमा पक्राउ परेका ३ जना जेल चलान

 चैत १३, २०७९ सोमबार १८:५८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन जना जेल चलान भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले तीनै जनासँग अभद्र व्यवहार मुद्दामा जनही पाँच हजार रुपैयाँ धरौटी मागेकोमा उनीहरूले धरौटी तिर्न अस्वीकार गरेपछि जेल चलान गरेको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । प्रशासन कार्यालयले उनीहरूसँग हिजो आइतवार धरौटी मागेको थियो ।

जेल चलान हुनेहरूमा सोलुखुम्बुका उद्धव बस्नेत, बाग्लुङका सोम शर्मा र बझाङका विप्लव खड्का रहेका छन् । गएको चैत ७ गते प्रधानमन्त्री प्रचण्ड एक कार्यक्रममा सहभागी बन्न नयाँ बानेश्वरमा गएका बेला उनीहरूले नाराबाजी गरेका थिए । प्रहरीले उनीहरूलाई रोक्ने क्रममा मुख थुनेको भन्दै विरोधसमेत भएको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया