प्युठानको गौमुखी गाउँपालिकामा बाक्लाे असिना

 चैत १३, २०७९ सोमबार १९:२८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्युठानको गौमुखी गाउँपालिकामा आज साेमवार बाक्लो असिना परेको छ । दिउँसो खरा, अर्खा रजबारालगायतका ठाउँमा दुई फिटसम्म असिना परेको हो ।

असिनाले तरकारी र फलफूलबालीमा ठूलो क्षति पुगेको छ । बालीनालीमा क्षति पुगेकाले पालिकाले राहत दिनुपर्ने स्थानीयले माग गरेका छन् । असिना जमेकाले सडक पनि बन्द भएको छ ।

तस्बिर : राजनजंग कुँवरको फेसबुकबाट

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया