कालीकोटकाे कोटवाडामा पहिलाे पटक बिजुली

 चैत १४, २०७९ मंगलबार ७:२२:९ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट - कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-१ कोटवाडामा पहिलाे पटक बिजुली पुगेकाे छ । नेपाल विद्युत् प्राधिकरण र ठेकेदारले विद्युतीय संरचनाकाे काम सकाएपछि हिजाे काेटवाडामा बत्ती पुगेकाे हाे । पहिलो पटक गाउँमा बिजुली बलेपछि कोटवाडाका स्थानीय खुशी भएका छन् ।

नरहरिनाथका अन्य वडामा अहिले विद्युतीय संरचना निर्माणको काम भइरहेकाले अबको केही दिनमा अन्य वडामा पनि बत्ती पुग्ने प्राधिकरण वितरण केन्द्र कालीकोटका प्रमुख इञ्जिनियर विमल कुमार शाहले बताउनु भयो ।

बिजुली नपुगेका अन्य पालिकामा विद्युत् पुर्याउने तयारी भइरहेकाे कालीकोट वितरण केन्द्र मर्मत शाखा प्रमुख जयप्रसाद पाण्डेले बताउनु भएकाे छ। 

अन्तिम अपडेट: बैशाख ८, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया