प्रधानमन्त्री कप फुटबलको फाइनल पुग्न आज नेपाल र भुटान निर्णायक खेल खेल्दै

 चैत १४, २०७९ मंगलबार ६:५८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै - प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज नेपाल र भुटान खेल्दैछन् । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।

समूह चरणको यो अन्तिम खेलबाट फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ । आजको खेलमा नेपाल दुई गोलअन्तरले पराजित भए पनि फाइनलमा पुग्नेछ । भुटान फाइनलमा पुग्न नेपालसँगको खेलमा ऐतिहासिक जित आवश्यक छ । त्यसमा समीकरण पनि भुटान अनुकूल बन्नुपर्नेछ । बराबरी भए या जितेमा नेपाल फाइनलमा पुग्नेछ ।

आजको खेलमा फाइनल पुग्ने टोलीले उपाधिका लागि शुक्रवार लाओससँग खेल्नेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको थियो । त्यस्तै शनिवार भएको खेलमा लाओसले भुटानलाई २–१ गोलले हराएको थियो । लाओसले २ खेलमा ३ अङ्क तथा नेपालले एक खेलमा ३ अङ्क जोडेको छ । भुटानले अङ्क जोड्न सकेको छैन ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले आयोजना गरेको प्रतियोगितामा घरेलु टोली नेपालसहित भुटान र लाओस सहभागी छन् ।  
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया