अफगानिस्तानसँगको तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा पाकिस्तान ६६ रनले विजयी

 चैत १४, २०७९ मंगलबार ७:३१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अफगानिस्तानसँगको तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा पाकिस्तान ६६ रनले विजयी भएको छ । गएराति शारजहामा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ सय ८३ रनको लक्ष्य दिएको थियो । अफगानिस्तान १८ ओभर ४ बलमा १ सय १६ रनमा समेटियो ।

पाकिस्तान अन्तिम खेलमा विजयी हुँदा शृङ्खला क्लिन स्वीप हुनबाट जोगिएको छ । अफगानिस्तानका आजमतुल्लाह ओमरजाइले सर्वाधिक २१ रन बनाए । पाकिस्तानका इहसनउल्लाह तथा शादब खानले समान ३ विकेट लिए । इमाद वासिम, जमान खान र मोहम्मद वासिम जुनियरले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । पाकिस्तानका सैम अयुबले सर्वाधिक ४९ रन बनाए ।

अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए । फजलउहक फारुकी, मोहम्मद नाबी, फरिद अहमद, राशिद खान र करिम जन्नतले एक/एक विकेट लिए । पाकिस्तानले तेस्रो खेल जिते पनि अफगानिस्तानले शृङ्खला २–१ ले जितेको छ ।

पहिलो खेलमा अफगानिस्तान ६ विकेटले तथा दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । अफगानिस्तानले पाकिस्तानसँग जितेको यो पहिलो शृङ्खला हो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया