युरो कप छनोटमा फ्रान्स, नेदरल्यान्ड्स, अस्ट्रिया र स्वीडेन विजयी

 चैत १४, २०७९ मंगलबार ७:४५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व कप उपविजेता फ्रान्सले युरो कप सन् २०२४ को छनोटमा लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा फ्रान्सले घरेलु टोली आयरल्यान्डलाई १–० गोलले हरायो ।

फ्रान्सको जितमा दोस्रो हाफमा बेन्जामिन पाभार्डले गरेको गोल नै निर्णायक भयो । फ्रान्सले अघिल्लो खेलमा नेदरल्यान्ड्सलाई ४–० गोलले हराएको थियो । 

यस्तै, आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि ३–० गोलको सहज जित निकालेको छ । अरु खेलमा अस्ट्रिया र स्वीडेन विजयी भएका छन् । अस्ट्रियाले घरेलु मैदानमा इस्टोनियामाथि २–१ गोलको पुनरागमन जित निकालेको हो।

स्वीडेनले अजरबैजानमाथि ५–० गोलको फराकिलो जित निकालेको छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया