पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

 चैत १४, २०७९ मंगलबार ७:५६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा कोशीका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी क्षेत्रमा एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । अरु ठाउँमा भने आजको मौसम सामान्यतया सफा नै रहने अनुमान छ ।

काठमाण्डौ उपत्यकामा पनि मौसम सफा छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने तथा अरु ठाउँमा सफा रहने छ । अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रि– मनसुनका बेला मेघगर्जन र चट्याङ तथा हावाहुरीबाट क्षति हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया