बिक्री नभएपछि बन्दागाेभीको बारीमा गोरु र बाख्रा !
जेठ २३, २०८० मंगलबार
काठमाण्डाै – प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालसँगकाे खेलमा भुटानले अग्रता लिएकाे छ । दशरथ रङ्गशालामा भइरहेकाे खेलमा भुटानले १९ औँ मिनेटमा गाेल गरेकाे हाे । भुटानका लागि तेन्जिन नाेर्बुले गाेल गरे ।
आजको खेलमा नेपाल दुई गोलअन्तरले पराजित भए पनि फाइनलमा पुग्नेछ । भुटान फाइनलमा पुग्न नेपालसँगको खेलमा ऐतिहासिक जित आवश्यक छ । त्यसमा समीकरण पनि भुटान अनुकूल बन्नुपर्नेछ । बराबरी भए या जितेमा नेपाल फाइनलमा पुग्नेछ । आजको खेलमा फाइनल पुग्ने टोलीले उपाधिका लागि शुक्रवार लाओससँग खेल्नेछ ।
नेपाल र भुटानबीच अहिलेसम्म १२ वटा अन्तर्राष्ट्रिय खेल भएकाेमा सबैमा नेपाल विजयी भएकाे छ ।