आईएमई पेबाट आईएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ ह...
जेठ २४, २०८० बुधबार
काठमाण्डाै – पश्चिमी वायु सक्रिय नभएसँगै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा छ । आज पनि दिउँसोसम्म नै धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।
बेलुकी पख भने पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले बताउनुभयो । अहिले काठमाण्डौसहित धेरै ठाउँमा घाम लागेको छ । पानी पर्न कम भएसँगै गर्मी बढ्न थालेको छ । तराईका जिल्लाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्न थालेको छ ।
हिजो जनकपुरको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । यस्तै, भैरहवाको ३४ दशमलव १, विराटनगरको ३३ दशमलव ३, सिमराको ३२ दशमलव ४,नेपालगन्जको ३२ दशमलव ८, धरानको ३२ दशमलव ३, धनगढीको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।
मौसम सफा भएर घाम चर्किने सम्भाावना रहकाले आज पनि तापक्रम यस्तै रहने अनुमान छ । काठमाण्डौमा भने आज अधिकतम तापक्रम २७ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । काठमाण्डौमा बिहान बेलुका केही चिसो भए पनि दिउँसाे गर्मी बढेको छ ।