बिक्री नभएपछि बन्दागाेभीको बारीमा गोरु र बाख्रा !
जेठ २३, २०८० मंगलबार
काठमाण्डाै – हिजाे मङ्गलवार र अस्ति साेमवार दाेहोरो अङ्कले बढेको शेयर बजार आज बुधवार सामान्य उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव शून्य दुई अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ४३ विन्दुमा पुगेको छ ।
आज माइक्रोफाइनान्स, होटल र अन्य समूहको शेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकममा भने कमी आएको छ । दुई सय ५८ वटा कम्पनीका २५ लाख ३९ हजार कित्ता शेयर ८१ करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको तीन करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै सुपरमाई हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै खप्तड लघुवित्त कम्पनीको शेयर झन्डै साढे चार प्रतिशतले घटेको छ ।