रुकुम पश्चिम : प्रहरीद्वारा झण्डै ७ राेपनी बारीमा लगाइएकाे अफिम खेती नष्ट

 चैत १९, २०७९ आइतबार ६:४२:२७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिममा प्रहरीले झण्डै सात राेपनी बारीमा लगाइएको अफिम खेती नष्ट गरेकाे छ। 

शनिवार हिजाे रुकुमकाे आठबिसकोट नगरपालिका-१३ मा रहेकाे हम्फामा लगाइएको अफिम खेतीकाे फँडानी गरिएको प्रहरीले जनाएको हाे। 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईका अनुसार छुट्टाछुट्टै ठाउँमा गरेर झण्डै सात राेपनी जग्गामा अफिम खेती गरिएकाे थियाे । 

इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा गएको प्रहरी टोलीले अफिम खेती नष्ट गरेको हो । 

अफिमकाे खेती कसले गरेकाे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया