रुकुम पूर्व : सिस्नो टिप्न गएका दिदीबहिनी मृत भेटिए

 चैत २३, २०७९ बिहिबार १३:४१:५९ | राजु लामिछाने
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रुकुम पूर्व – रुकुम पूर्वमा सिस्नाे टिप्न गएका दुई बालिका मृत अवस्थामा भेटिएका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा ११ वर्षीया रिना बुढा मगर र नाै वर्षीया कालिमाया बुढा मगर बिहीवार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

तारामान बुढाका दुई छोरी बुधवार सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए । पुथाउत्तरगंगाका उपाध्यक्ष भुपेन्द्रा बुढाका अनुसार उनीहरूले लगाएका गरगहनाहरू लुटपाट गरेपछि हत्या भएकाे हुन सक्ने अनुमान गरिएको छ ।

सिस्नाे टिप्न गएका दिदीबहिनी नफर्किएपछि खोजी गर्दा गाउँ नजिकैको भिरमा मृत अवस्थामा भेटिएका हुन् । सूचनापछि प्रहरीकाे टाेली घटनास्थलतर्फ गएकाे छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया