इङ्ल्यान्डले जित्याे आयरल्यान्डसँगकाे एकदिवसीय शृङ्खला
असोज ९, २०८० मंगलबार
रुकुम पश्चिम – रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिकामा किसानलाई उत्पादनको आधारमा अनुदान प्रदान गरिएको छ । किसानले उत्पादन गरेर बिक्री गरेको परिमाणका आधारमा गाउँपालिकाकाे वडा नम्बर ७ र ९ का ८८ जनालाई अनुदान हस्तान्तरण गरिएको हो ।
पालिकाकाे कृषि विकास शाखाले तरकारी उत्पादन गर्ने १३ जना किसानलाई तथा पशु शाखाले भैँसी र खसीबाेका पाल्ने ७५ जना किसानलाई अनुदान दिइएको सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिनुभयो । वडा नम्बर ७ को कार्यालय प्राङ्गणमा भएको अनुदान हस्तान्तरण कार्यक्रममा पशुपालनतर्फका किसान वडा नम्बर ७ की हिमा बुढाले सबैभन्दा बढी अनुदान प्राप्त गर्नुभएको छ । उहाँले दुई सय ४५ किलाे बराबरकाे छ वटा खसीबोका बिक्री गर्नुभएको थियो । उहाँलाई प्रतिकिलो ५० रुपैयाँका दरले १२ हजार दुई सय ५० रुपैयाँ अनुदान दिइएकाे पशु शाखा प्रमुख भूपेन्द्र पुनले जानकारी दिनुभयो ।
त्यस्तै कृषि विकास शाखाअन्तर्गत वडा नम्बर ९ का टंकप्रकाश खड्काले सबैभन्दा धेरै अनुदान प्राप्त गर्नुभएकाे छ । उहाँले १६ हजार चार सय रुपैयाँ अनुदान प्राप्त गर्नुभएको छ । उहाँले एक हजार छ सय ४० किलो गाेलभेडा उत्पादन गर्नुभएको थियो । उहाँलाई प्रतिकिलो १० रुपैयाँ अनुदान दिइएको हाे ।
अनुदान हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विष्टले नयाँ जनप्रतिनिधिको भिजनअनुसार मापदण्ड पुगेका वास्तविक किसानलाई प्रोत्साहन कार्यक्रम ल्याइएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उत्पादन बढी गरेमा अनुदान पनि बढी पाइने र आउँदा दिनमा यस्तो कार्यक्रमलाई अझै प्रभावकारी बनाएर लैजाने उहाँको भनाइ रहेको छ । अध्यक्ष विष्टले वार्षिक एक हजार लिटर दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँ प्रदान गरिने व्यवस्था पनि पालिकाले गरेको जानकारी दिनुभयो ।
त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले किसानलाई अनुदान लागतका आधारमा दिँदा नक्कली किसानले बढी लाभ लिने भएकाले उत्पादनको आधारमा अनुदान दिने गाउँपालिकाले निर्णय गरेको बताउनुभयाे । उत्पादन वृद्धि गरी किसानलाई आत्मनिर्भर बनाउन प्रोत्साहन स्वरूप यस्तो कार्यक्रम ल्याइएको अधिकृत बुढाथोकीले बताउनुभयो ।
उत्पादनको आधारमा अनुदान कार्यक्रम गाउँपालिकाभित्रका सबै वडामा लागू भएको र अन्य वडामा पनि छिट्टै अनुदान प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । वडा नम्बर ९ मा झन्डै ८७ हजार रुपैयाँ अनुदान हस्तान्तरण गरिएको छ भने वडा नम्बर ७ मा दुई लाख ८७ हजार एक सय रुपैयाँ अनुदान प्रदान गरिएको छ ।