सेती खाेँचमा खसेकी बालिकाको ज्यान गयाे

 बैशाख २, २०८० शनिबार १९:२४:२० | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल फाेटाे

कास्की - पोखरा महानगरपालिका–१५ सेती किनारको खोँचमा खसेकी बालिकाको ज्यान गएकाे छ । पोखरा-८ नागढुङ्गाकी १२ वर्षीया स्मृति पराजुली दिउँसो ३ बजेतिर खोँचमा खसेकी थिइन् ।

खोँचमा खसेको झण्डै साढे २ घण्टापछि उनको उद्धार भएको थियो । उद्धारपछि उपचारका लागि बालिकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

उनी साथीहरुसँग घुम्न गएकी थिइन् ।

अन्तिम अपडेट: फागुन २९, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया